देश

बनेका देशमा कुदेर हुदैन आफ्नै देश बनाउनु पर्छ : अध्यक्ष ओली

Sharing is caring!

भदौ २३, २०८० । नकेपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो देश छोडेर अरुको देश बनाउन जाने प्रवृत्ति बढेको भन्दै त्यसतर्फ असन्तुष्टि जनाएका छन् ।

काठमाडौंमा झापा काठमाडौं समपर्क मञ्चद्वारा आयोजित तीज विशेष कार्यक्रममा उनले पछिल्लो समय आफ्नो देश बनेको छैन् भनेर बनेका देशको पछि लाग्ने प्रवृत्ति बढेको भन्दै त्यो घातक हुने बताए । जति सुकै गरेपनि परदेश आफ्नो देश जस्तो नहुने उनको तर्क छ । अरुका देश बनेका छन् भनेर, बनेका देशमा हामी कुदेर । हाम्रो देश बनेको छैन् भनेर बनेका देश तिर कुदेर हुँदैन्, उनले भने

त्यस्तै उनले विदेशको बाटो बनाएर देश सिंगारेपनि, त्यसको फाईदा आफूले लिन नपाउने कुरा स्मरण गर्न आग्रह गरे । उनले भने, आफ्ना बाटा राम्रा बनाउनु पर्छ, आफ्ना गाडी राम्रा बनाउनु पर्छ । उत्पादन गर्नु पर्छ । हाम्रो आफ्नो उत्पादन बढाउनु पर्छ ।

अब हामी समृद्धिको समय आएको भन्दै उनले अब सुख र खुसिका गीतहरु गाउने बेला आएको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *