समाचार

शिक्षक आन्दोलन : पत्रकार सविना कार्कीमाथि राज्यद्धारा भएको व्यवहार खेदजनक

Sharing is caring!

वैशाख १४, २०८२ । शिक्षक आन्दोलनको समाचार संकलनका क्रममा प्राइम टेलिभिजनकी संवाददाता सविना कार्कीमाथि प्रहरीले पानीको फोहोरा प्रहार गरेको र क्यामेरा तोड्न खोजेको भन्दै प्राइम टेलिभिजनले कडा आपत्ति जनाएको छ।

टेलिभिजनले आइतबार विज्ञप्ति जारी गर्दै समाचार संकलनका क्रममा प्रहरीबाट भएका अवाञ्छित व्यवहारको विरोध गरेको हो। घटनामा संवाददाता घाइतेसमेत भएको टेलिभिजनले जनाएको छ।

प्राइम टेलिभिजनले यस्ता घटनाले सञ्चारकर्मीहरूको सुरक्षामा गम्भीर प्रश्न उठाएको बताएको छ। टेलिभिजनले दोषी प्रहरीमाथि कडा कारबाही र पत्रकारहरूको सुरक्षामा सरकारले गम्भीर ध्यान दिनुपर्ने माग गरेको छ।

“सञ्चार स्वतन्त्रता कुन्ठित गर्ने जुनसुकै प्रयासको विरोधमा हामी दृढ छौं,” विज्ञप्तिमा उल्लेख छ, “सरकारले तुरुन्त दोषीलाई कारबाही गरी सञ्चारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *