देश

संसदीय समितिले लियो राजबहादुर सिंहसँग बयान

Sharing is caring!


साउन २८, २०८१ । संसदीय छानबिन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहसँग बयान लिएको छ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाइँ समेत रहेका सिंहसँग सोधपुछ गरेको सभापति सूर्य बहादुर थापाले जानकारी दिएका छन् ।

उनले भने,‘ पहिले हामीले सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहलाई समितिमा बोलाएर उहाँको सहकारीमा प्रतिबद्धता के हो र बचतकर्ताको बचत फिर्ता गर्नेगरी प्रतिबद्धता गर्नुभएको छ । त्यसबारे नै सोधपुछ गरेको छौं ।’

साथै सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्थाको स्वामित्व लिन लागेको विषयमा सिंहसँग सोधपुछ गरेको पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *