देश

रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ

Sharing is caring!

वैशाख १७, २०८२ । सर्वोच्च अदालतको आधिकारिक पत्र बिना नै रेशम चौधरीको पक्राउ सम्बन्धी पत्राचार गरेको अभियोगमा सर्वोच्च अदालतकै एक अधिकृत पक्राउ परेका छन्।

सर्वोच्च अदालतको नाममा २०७९ साल माघ ११ गते च.नं.१२७५७ मा पत्राचार गरिएको उक्त प्रकरणमा अदालतले “अदालतको आधिकारिक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगर्न” पत्राचार गरेको थियो। विवादित शाखा अधिकृत महिमान सिंह विष्ट पक्राउ परेका हुन् ।

विष्टले सर्वोच्च अदालतको आधिकारिकता नभएको नक्कली पत्रमार्फत रेशम चौधरीको पक्राउ सम्बन्धी प्रक्रिया अगाडि बढाएको भन्ने आरोपमा अनुसन्धान भइरहेको छ। उनलाई महानगरीय प्रहरी कार्यालय, काठमाडौंको निर्देशनमा पक्राउ गरिएको छ।

स्रोतका अनुसार विष्टले प्रयोग गरेको पत्र सर्वोच्च अदालतले जारी नगरेको पुष्टि भएपछि उनलाई पक्राउ गर्न आदेश जारी गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *