समाचार

सुवासको पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा [फोटो फिचर]

Sharing is caring!

भदौ २६, २०८० । संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय च्यासलमा राखिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका छन् ।


च्यासलस्थित पार्टी मुख्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको उनको पार्थिव शरीरमा श्रद्धासुमन व्यक्त गर्न नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिति छ ।

आज दिनभर नेम्वाङको शव पार्टी कार्यालयमा राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *