विजनेस

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो

Sharing is caring!

जेठ १७, २०८१। अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेयता ओह्रालो लागेको सेयर बजार साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घटेको छ ।

बिहीबार नेप्से परिसूचक १९।८९ अंकले घट्दै २०६९।५३ मा रह्यो । ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर ४ अर्ब २१ करोड ७४ लाख रुपैयाँमा किनबेच भएको छ ।

यसअघि बुधबार परिसूचक २३।८१ अंकले घट्दै २०८९।४२ को विन्दुमा रह्ँदा १ करोड ७ लाख ३८ हजार १६९ कित्ता सेयर ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँमा किनबेच भएको थियो ।

बिहीबार १३ मध्ये उत्पादन तथा प्रशोधन, जलविद्युत र फाइनान्सबाहेक सबै उपसमूह घटेका छन् । वाणिज्य बैंक उपसमूह सर्वाधिक १।७२ प्रतिशतले घटेको छ । २४७ कम्पनीको सेयर कारोबारमा १७३ को सेयरमूल्य घटेको छ ।

पोखरा फाइनान्सका लगानीकर्ता धेरै नोक्सानीमा छन् । उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट नै लागेको छ । कालिञ्चोक दर्शन, बाराही हाइड्रोपावर, नेपाल वेयरहाउस पनि घटेका छन् ।

७० कम्पनीको सेयरमूल्य बढ्दा तीन कम्पनीको सर्किट नै लागेको छ । नेपाल फाइनान्स, अपर लोहोरेखोला हाइड्रोपावर र भगवती हाइड्रोपावरका सेयरमा सर्किट लागेको हो । मनकामना इन्जिनियरिङ हाइड्रोपावर र युनिलिभर नेपालको सेयर पनि सर्किटस्तरमा बढेको छ ।

सेयरमूल्य बढेर सर्किट लागेको नेपाल फाइनान्स नै बिहीबार सर्वाधिक कारोबार भएको कम्पनीमा परेको छ । उक्त फाइनान्सको १९ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै ज्ञादी ग्रुप अफ पावरको १५ करोड ३० लाख, जानकी फाइनान्सको १३ करोड ६० लाख, सीइडीबी हाइड्रोपावरको १२ करोड ३ लाख र कालिञ्चोक दर्शनको १० करोड ६१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *