मनोरञ्जन

जुन २३ मा विवाह गर्दै सोनाक्षी

Sharing is caring!

जेठ २८, २०८१ । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले प्रेमी जाहिर इक्बालसँग यही जुन २३ मा मुम्बईमा विवाह गर्ने भएकी छन् ।

उनीहरुले सार्वजनिक रुपमा एकअर्काको प्रेम नस्वीकारे पनि उनीहरुले जुन २३ मा विवाह गर्ने निर्णय लिएका हुन् ।

अहिले चर्चामा रहेको सिरिज ‘हीरामण्डीः द डायमण्ड बाजार’ को अभिनेत्री सोनाक्षीले आफ्नो निकट साथीभाई तथा परिवार र आफन्तलाई विवाहमा आउनका लागि निम्तो दिइसकेकी छन् ।

उनीहरुको विवाह मुम्बईको बास्टियनमा हुनेछ ।

सोनाक्षी र जाहिर दुई वर्षदेखि प्रेममा छन् । हालैमात्र सोनाक्षीको जन्मदिनमा जाहिरले सामाजिक सञ्जालमा सोनाक्षी र आफ्नो तस्वीर राख्दै जन्मदिनको शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *