देश

ट्यारिफ युद्ध तेस्रो विश्वयुद्धभन्दा गम्भीर बन्ने संकेत :शेखर कोइराला

Sharing is caring!

चैत ३०,२०८१ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले विश्व परिस्थिति अत्यन्तै संवेदनशील दिशातर्फ उन्मुख भएको बताएका छन्।

उनका अनुसार हाल विश्वभर तीव्र रूपमा बढिरहेको ट्यारिफ प्रतिस्पर्धा निकै गम्भीर संकट बन्नसक्ने संकेत देखिएको छ। वीपी स्मृति सामुदायिक सहकारी अस्पतालको १७औं वार्षिक साधारण सभामा सम्बोधन गर्दै उनले विश्व शक्ति राष्ट्रहरूबीच चर्किएको ट्यारिफ द्वन्द्व नेपालमा पनि प्रत्यक्ष प्रभाव पार्न सक्ने बताए।

“अहिले जुन तरिकाले अमेरिका र चीनबीच ट्यारिफको टकराव भइरहेको छ, त्यसले समग्र विश्वलाई छोएको छ, र नेपाल पनि यसबाट अछुतो रहन सक्दैन,” कोइरालाले भने, “यो अवस्था तेस्रो विश्वयुद्धभन्दा पनि गम्भीर हुनसक्छ जस्तो देखिन्छ।”

उनले यस्तो जटिल परिस्थितिमा नेपालले रणनीतिक रूपमा सोच्नुपर्ने र विशेष गरी स्वास्थ्य क्षेत्रलाई आत्मनिर्भर बनाउने दिशामा अघि बढ्नुपर्ने धारणा व्यक्त गरे। सस्तो, गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवा सुनिश्चित गर्न अबको बाटो आफैं बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

कोइरालाले स्वास्थ्य संस्थाहरूलाई आफ्नै स्रोत र संयन्त्रको भरमा दिगो रूपमा सञ्चालन गर्न सक्ने ज्ञान र अनुभव हासिल गर्नुपर्नेमा पनि जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *