देश

भ्रष्टाचार हुन नदिन सदाचार नीति जरुरी : रोजनाथ पाण्डे

Sharing is caring!


साउन १४, २०८१ । विकास, आर्थिक मामिला तथा सुशासन समितिका सचिव डा. रोजनाथ पाण्डेले विधेयकहरु ल्याउनको लागि दबाव सिर्जना गर्नुपर्ने बताएका छन् । आज (सोमबार) बसेको सुशासन समितिको बैठकमा बोल्दै उनले सदाचार नीति नै आउनुपर्छ भनेर सरकारले भनेपनि कार्यान्वयनमा नआएको बताएका हुन् ।

उनले भने, ‘ऐन कानुनका कुराहरु आउनुपर्यो । त्यो नीतिलाई कार्यान्वयन गर्नको लागी ऐन कानूनमा कहाँ कहाँ परिवर्तन गरेर जाने हो, विधेयकका सन्दर्भमा पनि दबाव सिर्जना गर्न सक्छौं । त्यसका लागि पहिला सदाचार नीति नै आउनुपर्छ भनेर विगतमा सरकारले तयारी पनि गरेको, महसुस पनि गरेको छ । त्यसमा केही बुँदाहरु बिमती छ भने छलफल गरेर टुङ्ग्याउन सकिन्छ । परिमार्जन गर्न सकिन्छ तर त्यसलाई नल्याउनु त भएन नि । त्यसैले समितिको मुख्य काम नै के भयो भने सुशासन नै प्रर्वद्धन गर्ने हो भने भ्रष्टाचार नगर्ने विषय विशेष प्राथमिकता हुनुपर्छ ।’

साथै उनले भ्रष्टाचार हुन नदिन सदाचार नीति जरुरी रहेको बताए । सरकारले सदाचार नीति मस्यौदा गरेको सात वर्ष हुँदा पनि कानमा तेल हालेर बसेको बताए । उनले भने, ‘यो नीति नै बनाएको सात वर्ष भइसक्यो । मस्यौदा पेस गरेर पनि कानमा तेल हालेर किन बस्यो ? सरकारलाई झक्झक्याउनुपर्यो, यसमा हामी सबैले अध्ययन गरौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *