बिचार/ समाज

ललितपुरको पुलचोकमा तीनदिने सहकारी रोजगार मेला लाग्ने

Sharing is caring!

असार ५, २०८१ ।  राष्ट्रिय सहकारी महासंघले यहि असार ७, ८ र ९ गते तीन दिन ‘सहकारी रोजगार मेला २०८१’ आयोजनामा गर्ने भएको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासंघले ललितपुरको पुलचोकमा मेला लाग्ने जानकारी दिएको छ ।

‘मर्यादित सहकारी व्यवसायका लागि युवा संलग्नता’ भन्ने मुख्य नाराका साथ नेपालको सहकारी इतिहासमा पहिलो पटक हुन लागेको रोजगार मेलाले सहकारीमा मर्यादित रोजगारीका अवसरहरू प्रवर्द्धन गर्ने प्रतिबद्धतामा कोसेढुङ्गा सावित हुने आयोजकको विश्वास छ ।

‘हाल ३१ हजार भन्दा वढी सहकारी संघ÷संस्थामार्फत १ लाखलाई प्रत्यक्ष रोजगारी र लगभग १० लाखलाई स्वरोजगार सिर्जना गर्न सफल रहेको यस क्षेत्रको भिजन २०३० ले परिकल्पना गरेको रोजगारी सिर्जनाको लक्ष्य हासिल गर्न मेलाले महत्वपूर्ण योगदान गर्ने विश्वास लिएका छौं । मेलाको आयोजनाले प्रतिभा पलायन (ब्रेन ड्रेन) रोक्न, स्वदेशमै रोजगारी सिर्जना गर्न प्रोत्साहन गर्ने वातावरणको विकास गर्न तथा उत्पादन एवं सेवाका सहकारीहरू र अन्य निजी क्षेत्रका लागि आवश्यक जनशक्ति खोज्न सहजता प्रदान गर्नेलगायतका उद्देश्यवाट प्रेरित छ,’ महासंघले जनाएको छ ।

मेलामा ५० भन्दा बढी उत्कृष्ट सहकारी संघसंस्थाहरुको सहभागिता हुने छ भने ५ हजारले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । मेलामा विभिन्न संघसंस्थाका ३० वटा स्टल रहनेछन् ।

मेलामा हाल पूर्ण रोजगारमा नरहेका व्यक्तिहरु, उत्पादनको क्षेत्रमा काम गरिरहेका, साना तथा मझौला उद्योग सञ्चालन गरिरहेका, कृषि उत्पादन तथा बजारिकरणमा लागेका, १६ वर्षदेखि माथि जुनसुकै उमेर समूहका व्यक्तिहरु, सेवानिबृत्त तथा हाल रोजगारको खोजीमा रहेकाहरुले सहभागिता जनाउन सक्नेछन् ।

सहकारी रोजगार मेलालाई नेपाल सरकार भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून लगायतका संघ संस्थाको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *