समाचार

ब्रिज इन्टरनेसनलका ब्रान्ड एम्बेसडर बने सन्दीप लामिछाने

Sharing is caring!

भदौ ३, २०८१ ।  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने ब्रिज इन्टरनेसनल एजुकेसन कन्सलटेन्सीको ब्रान्ड एम्बेस्डर नियुक्त भएका छन्। सोमबार ब्रिजका प्रमुख भुवन गिरी र क्रिकेट सन्दीपले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन।

कन्सलटेन्सीका प्रमुख गिरीका अनुसार सन्दीपसँगको सम्झौता दुई बर्षको लागि गरेको बताए । सन्दीप एम्बेस्टर बनाउन पाउँदा खुसी लागेको प्रमुख गिरीले बताए ।

लामिछानेले सााईनिङ सेरीमोनीमा जोडिन पाउँदा एउटा राम्रो यात्रा सुरू भएको बताए । उनले ब्रिज ईन्टरनेसनलसँगको यो यात्रामा राम्रो गर्न सकिने अपेक्षा भएको बताए ।

उनले भने, ‘मिसिङ पाट जुन थियो त्यो  फेरी सुरुवात भएको छ ,यो समयमा सबैले  साथ  दिनु भएको छ , ब्रिज ईन्टरनेसनलसँगको यो यात्रामा अझै आगामी दिनमा केही राम्रो गर्न  सकिने छ भन्ने आसा गरेको छु’ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *