खेलकुद

साफ यू–२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक

Sharing is caring!


भदौ ११, २०८१ । साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको ट्रफि सार्वजनिक गरिएको छ ।

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा साफ यू–२० च्याम्पियनसिपको ट्रफि सार्वजनिक गरिएको हो ।

साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलको छिनोफानो टाइब्रेकरबाट भएको थियो भने जसमा भुटानलाई ४–१ ले हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको हो । नेपाल र भुटानबीचको निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएको थियो ।

साविक विजेता भारतलाई हराउँदै बंगलादेश साफ यू–२० च्याम्पियनसिप फुटबलको फाइनलमा पुगेको हो ।
सोमबार भएको सेमिफाइनलमा बंगलादेशले भारतलाई टाइब्रेकरमा पराजित ग¥यो । बंगलादेशले उपाधिका लागि नेपालसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *