खेलकुद

साफ यु–२० च्याम्पियनसिप : नेपाल र भुटान भिड्ने

Sharing is caring!


भदौ ९, २०८१ । काठमाडौंमा जारी साफ यु–२० च्याम्पियनसिप फुटबलको पहिलो सेमिफाइनल खेलमा आज नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा खेलाइने खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

नेपाल समूह ए का दुवै खेल जितेर विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका हो भने भुटान समूह बी को उपविजेता बन्दै समिफाइनलमा पुगेको हो ।

दोस्रो सेमिफाइनल खेल सोमबार भारत र बंगलादेशबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *