खेलकुद

साफ यु–२० च्याम्पियनसिप : भुटानलाई हराउँदै नेपाल फाइनलमा

Sharing is caring!


भदौ ९, २०८१ । साफ यु–२० च्याम्पियनसिपअन्तर्गत घरेलु टोली नेपाल फाइनलमा पुगेको छ । भुटानलाई हराउँदै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

खेलको निर्धारित समय १–१ मा सकिएको अवस्थामा नतिजाको छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो । त्यसमा नेपालले आफूलाई अब्बल सावित गर्दै भुटानलाई ४–१ को नतिजासहित फाइनलमा पुगेको हो ।

भुटानका लागि जेत्सुएन दोर्जेले ५५ औँ मिनेटमा गोल गरेका थिए । उनले डी बक्सबाहिरबाट फस्ट बार च्यापेर गरेको प्रहार गोल भएको थियो ।

७८ औँ मिनेटमा नेपालका निराजन धामीले गोल गरे । उनले एयर बलमा डीबक्सभित्रबाट हेडमार्फत गोल गर्दै नेपालले उपाधि भिडन्त पक्का गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *