खेलकुद

साफ यू–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

Sharing is caring!


भदौ २, २०८१ । साफ यू–२० च्याम्पियनसिपको पहिलो खेलमा नेपालले विजयी हासिल गरेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो । खेलको २४ औं मिनेटमा निराजन धामीले नेपालका लागि गोल गरेका थिए ।

नेपालले आफ्नो समूहको दोस्रो तथा अन्तिम खेल २२ अगष्टमा बंगलादेशसँग खेल्नेछ । त्यसअघि बंगलादेश र श्रीलंकाबीच खेल हुनेछ । श्रीलंका बंगलादेशसँग पराजित भएमा नेपाल एक खेल अघि नै सेमिफाइनल पुग्नेछ ।

प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाली सहयोग संगठन सार्कमा आवद्ध ६ देश सहभागी छन् । ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाईएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् ।

प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय भएपनि एएफसी च्यालेन्ज कप प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीच भएको खेलपछि मैदानको अवस्था राम्रो नभएको हुनाले खेलहरु एन्फा कम्प्लेक्समा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *