Headlineसमाचार

प्रतिनिधि सभाको बैठकमा रास्वपा र राप्रपाको निरन्तर अवरोध, गृहमन्त्रीको राजीनामाको माग

Sharing is caring!



असार ७, २०८२ । प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले अवरोध जारी राखेका छन् । आज (शनिबार)को बैठकमा पनि उनीहरूले सदन सञ्चालनमा अवरोध पु¥याउँदै आक्रोश प्रकट गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठकको कार्यसूची अघि बढाउने प्रयास गरेपछि दुवै पार्टीका सांसदहरू उठेर विरोधमा उत्रिएका थिए । रास्वपाका सांसदहरू निलो रिबन बाँधेर बैठकमा उपस्थित भएका थिए, जसलाई उनीहरूले ‘सांकेतिक विरोध’को प्रतीकका रूपमा प्रयोग गरेका छन् ।

गृहमन्त्री रमेश लेखक भिजिट भिसा प्रकरणमा संलग्न रहेको आरोप लगाउँदै रास्वपा र राप्रपाले मन्त्रीको राजीनामा माग गरेका छन् । साथै, दुबै पार्टीले यस विषयमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि राखेका छन् ।

पछिल्ला केही बैठकहरूदेखि निरन्तर विरोध गर्दै आएका यी दुई दलले सरकारले गम्भीरता नदेखाएको आरोप लगाउँदै आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *