समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरेर उद्धारबारे तालिम

Sharing is caring!

जेठ २८, २०८१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भए कसरी उद्धार गर्ने भन्ने सम्बन्धी अभ्यास सम्पन्न भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हवाइ उडान तथा सुरक्षा र मेडिकल एवं उद्धारसँग सम्बन्धी सबै निकायहरूको सहभागितामा उक्त कार्यक्रम सम्पन्न भएको हो । एयरपोर्ट अपरेशन डिपार्टमेन्टको निर्देशक एवं एरपोर्ट प्रवक्ता सुवास झाले यो अभ्यास अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हरेक दुई वर्षमा सम्पन्न गर्ने बताए ।

उनले विमानस्थलमा आपत्तकालिन अवस्थामा सम्बन्धीत विभिन्न निकायले आफ्नो काम प्रभावकारी रुपमा गर्न सक्छन् कि सक्दैँनन् भन्ने जाँच गर्नको लागि एयरपोर्ट इमरजेन्सी प्लान अनुसार हुने गरेको पनि बताए ।

उनले भने, ‘हामीले यो तालिक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हरेका दुइ वर्षमा पूर्ण कौशल आपतकालीन अभ्यास (फूल स्केल इमर्जन्सि एक्सर्साइज) गर्नुपर्ने हुन्छ । जसमा विमानस्थलमा आपत्तकालिन अवस्थामा कुनै घटना भयो भने, त्यो अवस्थामा हाम्रो विभिन्न निकायले आफ्नो काम प्रभावकारी रुपमा गर्न सक्छन् कि सक्दैँनन् भन्ने जाच गर्नको लागि हाम्रो एरपोर्ट इमर्जन्सि प्लानमा सबैलाई काम दिइएको छ त्यो अनुसार सबैले काम गर्नु हुन्छ कि नाइ भनेर जाच गर्नको लागि पनि यो एउटा काल्पनिक घटनालाई परिकल्पना गरेर त्यसमा कसरी उद्धार गर्ने भनेर तालिम गरेको हो ।’

दिउँसो १ बजेदेखि साढे १ बजेसम्मका लागि विमानस्थल बन्द गरेर अभ्यासको आयोजना गरिएको हो । अभ्यासको अवलोकन गर्न पर्यटन मन्त्री हितबहादुर तामाङलगायत अधिकारीहरू उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *