समाचार

छात्रवृत्ति विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध

Sharing is caring!


वैशाख १७, २०८२ । काठमाडौं महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्ति विवरण पेस गर्न महानगरभित्रका विद्यालयलाई अनुरोध गरेका छन् ।

आज महानगरले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरूले कक्षा १ देखि १० सम्मको छात्रवृत्ति उपलब्ध गराउँदा जेहनदार, विपन्न, असहाय तथा गरिब, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित र शहीद परिवारका विद्यार्थीलाई समावेशीकरणकोआधारमा गर्नुपर्ने जनाएको छ ।

महानगरले नयाँ शैक्षिक सत्र २०८२ का लागि विद्यालयमा भर्ना भएका कूल विद्यार्थी सङ्ख्याको कम्तिमा दश प्रतिशतमा नघट्ने गरी ऐन बमोजिम छात्रवृत्ति उपलब्ध गराउन गरि विद्यालयमा सूचना निकाली आवेदन लिएर जेठको पहिलो हप्ताभित्र छात्रवृत्तिको व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

काठमाडौं महानगरपालिकाले छात्रवृत्ति छनोटको नामावली छनौट समितिको निर्णय अनुसार हुने जनाएको छ । छात्रवृत्ति वितरण गर्दा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) अनुसार गठित छात्रवृत्ति छनोट समितिको निर्णयबाट मात्र वितरण गर्नु पर्ने महानगरले सूचना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *