देश

मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन

Sharing is caring!

जेठ ८, २०८२ । मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । पुनर्गठनसँगै जनमत पार्टीका दुई जना नेता मन्त्री पदमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सुमित्रा भण्डारीले बिहीबार जनमत पार्टीका बसन्त कुमार कुशवाहा र सञ्जय यादवलाई मधेस सरकारको मन्त्री पदमा शपथ गराएकी हुन् । नव नियुक्त मन्त्रीहरू मध्ये कुशवाहालाई उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

मधेस प्रदेशको सत्ता गठबन्धनमा सहभागी जनमत पार्टीलाई मन्त्रिपरिषद् विस्तारमार्फत थप समेटिएको छ । यससँगै प्रदेश सरकारमा राजनीतिक समावेशिता र सन्तुलन कायम गर्ने प्रयास गरिएको बताइएको छ ।

नयाँ मन्त्रीहरूको नियुक्तिसँगै मधेस प्रदेश सरकारले आफ्नो कार्ययोजना प्रभावकारी ढंगले अघि बढाउने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *