समाचार

सुशील प्याकुरेलले गरे राजदूत बन्न अस्विकार

Sharing is caring!

असार ९, २०८१ । सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदुत बन्न अस्विकार गरेका छन् ।

दक्षिण कोरियाको राजदूत पदमा सिफारिश गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत नदिइएकामे भन्दै प्यकुरेलले सिफरिस फिर्ता लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् ।

उनलाई सरकारले नेकपा एमालेको कोटाबाट गत शुक्रबार (असार ७) गते राजदूत सिफारिस गरेको थियो ।

‘मलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिश गर्नु अघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद सचिवालयबाट कुनै सम्पर्क वा संकेत समेत दिइएन् । राजदूत जस्तो राष्ट्रको प्रतिनिधित्व गर्ने पदको जिम्मेवारी प्रदान गर्नुअघि सम्बन्धित व्यक्तिको पृष्टभूमि, कार्यदक्षता, रुची, कूटनीतिको विषय र सम्बन्धित मुलुकको राजनीतिक, आर्थिक, सामाजिक स्थिति सम्बन्धी ज्ञानका विषयमा पूर्व विमर्श नगर्ने सरकारको प्रचलनबाट म आश्चर्यचकित छु । यस सन्दर्भमा राजदूत नियुक्ति सम्बन्धी विगतमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदूतको कार्यकालका विषयमा समेत गम्भीर विमर्श आवश्यक देख्दछु,’ प्याकुरेलले आइतबार सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।

राजदूत सिफारिसमा असन्तुष्टि जनाउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयलाई पत्र बुझाइसकेको समेत प्याकुरेलले जानकारी दिएका छन् ।

‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिश फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु,’ विज्ञप्तिमा उल्लेख छ ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *