Headlineदेश

काठमाडौं महानगर प्रहरी प्रमुख ६ महिनाका लागि निलम्बन

Sharing is caring!

जेठ २०, २०८२ । काठमाडौं महानगरपालिकाका सुरक्षा प्रमुख राजु पाण्डे ६ महिनाको लागि निलम्बनमा परेका छन्। महानगरपालिकाका कार्यकारी प्रमुख सरोज गुरागाईंको निर्देशनमा उनलाई सेवा मुक्त गरिएको एक स्रोतले जानकारी दिएको छ।

निलम्बनको निर्णय यसअघि स्पष्टीकरण सोधिएको प्रक्रियापछि आएको हो। चैत २१ गते कार्यालयमा हाजिरीका क्रममा भएको भनिएको अनुशासनहीन क्रियाकलापका सम्बन्धमा प्रशासकीय प्रमुख गुरागाईंले पाण्डेसँग स्पष्टीकरण मागेका थिए। तर, उनले सन्तोषजनक जवाफ नदिएको भन्दै अनुशासनात्मक कारबाहीस्वरूप छ महिनाको निलम्बन गरिएको जनाइएको छ।

राजु पाण्डेमाथि महानगरका उपप्रमुख सुनिता डंगोल र कार्यकारी प्रमुख गुरागाईंलाई निरन्तर बेवास्ता गर्दै आएको आरोप छ। साथै, उनी महानगर प्रमुख बालेन्द्र शाहको पक्षमा एकपक्षीय रूपमा उभिँदै आएका कारण पनि आन्तरिक विवाद चुलिएको स्रोतको दाबी छ।

महानगरभित्र प्रशासनिक नेतृत्व र सुरक्षा संयन्त्रबीच देखिएको असहमति र विवाद पछिल्लो समय सार्वजनिक रुपमा देखा पर्न थालेको छ। यसले महानगरको समग्र कामकाजमा प्रभाव पार्न थालेको भन्दै सरोकारवालाले चासो व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *