समाचार

रवीन्द्र मिश्र थुनामुक्त

Sharing is caring!


जेठ २, २०८२ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । बन्दीप्रत्यक्षीकरण रिटमा आज (शुक्रबार) सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई सशर्त रिहा गर्ने आदेश दिएको हो ।

मिश्रलाई केही दिनअघि काठमाडौं प्रहरीले तीनकुनेमा भएको राजावादी प्रदर्शनमा सहभागी भएको आरोपमा पक्राउ गरी हिरासतमा राखेको थियो । सो प्रदर्शन हिंसात्मक बनेपछि मिश्रलाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिइएको थियो ।

सर्वोच्चको आदेशसँगै मिश्र तत्काल रिहा हुने भएका छन् । राप्रपाका नेताहरूले यस निर्णयलाई संविधानको विजय र विचार तथा अभिव्यक्तिको स्वतन्त्रताको संरक्षण भएको बताएका छन् ।

मिश्रलाई गत चैत १५ गते पक्राउ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *