देश

निजामती विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत : प्रधानमन्त्री दाहाल

Sharing is caring!

भदौ २२, २०८० । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकमा ट्रेड युनियन अधिकारको व्यवस्था यथावत राखिएको बताएका छन् । शुक्रबार २० औं निजामती सेवा दिवस, २०८० को अवसरमा उनले विधेयकमा अहिले भइरहेको व्यवस्थालाई केही पनि परिवर्तन नगरिएको बताएका हुन् ।

उनले भने, ट्रेड युनियन अधिकारको व्यवस्थामा हामीले केही पनि परिवर्तन गरेका छैनौं । त्यसमा तपाईहरु ढुक्क रहनुहोला । हामीले यो प्रसाशनलाई कसरी बलियो बनाउने भन्ने बारे हामी सबैले विचार गर्नुपर्छ । सोही समारोहमा ट्रेड युनियनको तर्फबाट उत्तम कटुवालले सम्बोधन गर्ने क्रममा ट्रेड युनियनको अधिकार कटौती गर्ने गरी विधेयक तयार पारिएको भन्दै विरोध जनाएका थिए ।

प्रधानमन्त्री दाहालले बिहीबार बसेको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवा विधेयक पारित गर्दै संसदमा पेस गर्ने निर्णय गरेको जानकारी समेत दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *