देश

भिक्षा माग्नेको नेतृत्वमा देशको समृद्धि सम्भव छैन् : सांसद प्रभु साह

Sharing is caring!

वैशाख ४, २०८२ । भिक्षा माग्ने नेताको नेतृत्वमा देश रहदासम्म समृद्धि सम्भव हुन नसक्ने पुर्व मन्त्री तथा संघिय सांसद प्रभु साहले बताएका छन्। आज सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै सांसद साहले भने, देश समृद्ध हुन्छ भन्ने सपना त हाम्रै हो। तर, जब देशको नेतृत्वमा भिक्षा माग्नेहरू रहन्छन्, त्यो सपना पूरा हुँदैन।

कुनै बेला दुनियाँलाई दिने नेपाल आज आफैं माग्नुपर्ने अवस्थामा पुगेको छ। हिजोका दिनमा गर्व गर्न सकिने मुलुक आज आफैंलाई ‘कंगाल’ ठान्नुपर्ने बाध्यता आइपरेको छ।

नेतृत्वको चरित्र हेर्ने हो भने, समृद्धि सपना जस्तो मात्रै देखिन्छ। उत्पादन र व्यापार बुझ्नेहरू देश बनाउनुपर्थ्यो, तर आज त हालत यस्तो छ कि जसले कहिल्यै रेल पनि चढेका थिएनन्, उसैले रेल हाँकिरहेको छ।

यस्तै, नेतृत्वमा समृद्धि सम्भव छैन। भिक्षा मागेर समृद्ध देश बनाउन सकिँदैन। समृद्धिको लडाइँ त हो, जसमा काम जान्ने , उत्पादन र उद्यम गर्न सक्नेहरू अगाडि हुन्छन्। तर, यहाँ त भाषण, प्रदर्शन र भिक्षाको कूटनीतिमै देश चलिरहेको छ।

आजको मुख्य विडम्बना यही हो, जो माग्न जान्छ, उसैले नेतृत्व गर्छ। अनि जसले बनाउन सक्छ, उसलाई बेवास्ता गरिन्छ। फलस्वरूप, देशको समृद्धिको सपना चकनाचुर भएको छ।

यो अवस्थाबाट निस्कन अब नेतृत्वको सोच बदल्नुपर्छ। भिक्षा होइन, आत्मनिर्भर राष्ट्र निर्माण गर्न सक्ने इमानदार, उद्यमशील र दूरदृष्टि भएका व्यक्तिहरूले अगुवाइ गर्नुपर्ने बेला आएको छ।

भिडियो हेर्नुहोस्:

https://www.facebook.com/reel/1214754823328484

Leave a Reply

Your email address will not be published. Required fields are marked *