देश

‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा

Sharing is caring!

जेठ १, २०८१ । सरकारले महिलालाई आर्थिक रूपमा सक्षम र सबल बनाउन हेतु ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’ घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम मंगलबार संघीय संसदको संयुक्त बैठकमा वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले उक्त कार्यक्रमको घोषणा गरेका हुन् ।

‘मानव विकास सूचकांकमा पछाडि परेका जिल्लामा वडाकेन्द्रित विशेष महिला तथा सामाजिक विकास कार्यक्रम सञ्चालन गरिनेछ । महिलालाई आर्थिक रूपमा सक्षम, सबल र सशक्त बनाउन प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गरिनेछ,’ पौडेलले भने ।

सरकारले बालबालिकामाथिको दुव्र्यवहार, महिला माथिको हिंसा, मानव बेचविखन तथा बलात्कार, दाइजो, छाउपडीजस्ता सामाजिक विकृति, शोषणको अन्त्य गरिने समेत नीति कार्यक्रममा उल्लेख गरेको छ ।

दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई प्रदेशसँगको समन्वयमा विस्तार गर्ने सरकारले घोषणा छ ।

पौडेलले नीति कार्यक्रम प्रस्तुत गर्दै भने, ‘राष्ट्रपति महिला सशक्तिकरण कार्यक्रमलाई पुनःसंरचना गरी थप प्रभावकारी बनाइनेछ । दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलाई प्रदेशसँगको समन्वयमा विस्तार गरिनेछ ।’

यस्तै, कार्यक्रममा महिलालाई न्यायिक सहज पहुँच पुर्याउनका लागि सबै प्रहरी चौकीमा महिला सहायता कक्षको व्यवस्था गरिने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *