देश

प्रधानमन्त्री दाहाल आज भारत जाँदै

Sharing is caring!

जेठ २७, २०८१ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज छिमेकी राष्ट्र भारत प्रस्थान गर्दैछन् ।

आइतबार भारतमा हुने नयाँ प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल नेतृत्वको पाँच सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो । भारतमा हालै सम्पन्न आमनिर्वाचनपछि नरेन्द्र दामोदरदास मोदी तेश्रोपटक प्रधानमन्त्री बन्दैछन् । आइतबार साँझ मोदीले प्रधानमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ ।

सो समारोहमा भाग लिन जाने प्रधानमन्त्री नेतृत्वको टोलीमा प्रधानमन्त्री दाहालकी सुपुत्री एवम् स्वकीय सचिव गंगा दाहाल, कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारीहरु रहने जनाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मोदीले प्रधानमन्त्रीको शपथ लिएपछि आइतबारै प्रधानमन्त्री मोदी र दाहालबीच भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

दाहाल सोमबार स्वदेश फिर्ता हुनेछन् । भारत भ्रमणमा जानुअघि प्रधानमन्त्री दाहालले शनिबार साँझ राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका थिए । प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *