देश

प्रधानमन्त्री ओलीले दिए रुसी राष्ट्रपति पुटिनलाई नेपाल भ्रमणको निम्तो

Sharing is caring!

जेठ १, २०८२ । नेपाल–रुस सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहीवार भएको एक शिष्टाचार भेटमा काल्मिकिया गणराज्यका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले पुटिनलाई पठाउने निमन्त्रणाको सन्देश उनैमार्फत् हस्तान्तरण गर्न आग्रह गरेका हुन्।

उक्त भेटमा प्रमुख कासिकोभले प्रधानमन्त्री ओलीलाई सेप्टेम्बर महिनामा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि निमन्त्रणा दिएका थिए। सोही अवसरमा आपसी मित्रता प्रगाढ पार्ने उद्देश्यले प्रधानमन्त्री ओलीले पनि पुटिनलाई नेपाल भ्रमणका लागि आमन्त्रण गरेका हुन्।

नेपाल र रूसबीच लामो समयदेखि रहिआएको मित्रवत् सम्बन्धलाई उच्चस्तरीय भ्रमणद्वारा अझ सुदृढ बनाउने आशा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *