समाचार

हेटौंडामा प्राथमिक शिक्षक तालिम आयोजना हुँदै

Sharing is caring!


असार २६, २०८१ । मकवानपुरको हेटौंडा–४ मा अवस्थित नवोदय इनोभेसन सेन्टरले एक वर्ष अवधिको प्राथमिक शिक्षक तालिम कार्यक्रम आयोजना गर्ने भएको छ ।

आधारभुत तह कक्षा ४ देखि ७ सम्मका लागि सक्षम शिक्षक तयार गरी बालकेन्द्रित शिक्षण तयार गर्ने उदेश्यले १ वर्षीय डिप्लोमा र्कोस सञ्चालन गरिन लागिएको आज पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको हो ।

तालिममा २४ जनालाई प्रशिक्षण दिईने भएको र प्रशिक्षार्थी भर्नाको लागि कोर्स रजिष्ट्रेसन आरम्भ भैसकेको तालिम कार्यक्रम प्रमुख नरेन्द्र कुमार नगरकोटिले बताए ।साथै तालिम पश्चात सहभागिहरुलाई उचित रोजगारीको व्यवस्था समेत गरिने प्रमुख नगरकोटिले बताए ।

कार्यक्रममा शिक्षा दर्शनः प्रगतिशील शिक्षा (४८ घण्टा), भाषा साहित्य शिक्षण (४८ घण्टा), विज्ञान शिक्षण (४८ घण्टा), सामाजिक अध्ययन शिक्षण (४८ घण्टा), गणित शिक्षण (४८घण्टा), शारीरिक शिक्षा शिक्षण (४८ घण्टा), संगीत र कला शिक्षण (४८ घण्टा), नृत्य शिक्षण (३६ घण्टा), बालबालिकाको समग्र विकास (४८ घण्टा), सिकाइ उपलब्धि (१२ घण्टा), बालबालिकामा फोर सि को विकास (१२ घण्टा) लगायतका विषयवस्तु समेटेर कार्यक्रम सञ्चालन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ ।

तालिममा सहभागि प्रशिक्षार्थीहरुलाई मासिक पाचँ हजार पाचँ सय पचास रुपैंया शुल्क लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *