विजनेस

एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य

Sharing is caring!


मंसिर ४, २०८१ । नेपाली बजारमा आज (मंगलबार) सुन–चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रूपैयाँमा कारोबार भएको थियो। जसअनुसार अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य तोलामा एक हजार १ सय रुपैयाँ बढेको हो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला एक हजार नौ सय २० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *