देश

संसदीय समितिका दुई सभापति गैरे र न्यौपानेले गरे सपथ ग्रहण

Sharing is caring!

साउन ३१, २०८१ । संसदीय सुनुवाई र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिहरुले सपथ ग्रहण गरेका छन् ।

बिहीबार संसदीय सुनुवाईको सभापतिमा नेपाली काँग्रेसका सांसद इश्वरीदेवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सभापतिमा नेकपा (एमाले)का सांसद ठाकुर गैरे निर्विरोध निर्वाचित भएका थिए ।

उनीहरुले आजै कृषि समितिको हलमा सभामुख देवराज घिमिरेबाट शपथ ग्रहण गरेका हुन् ।

दुबै समितिको दिउसो बसेको छुट्टा छुट्टै बैठकमा दुबै समितिका ज्येष्ठ सदस्यले सभापति निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *