देश

प्रतिनिधिसभा बैठक : खर्च कटौतीका चार प्रस्ताव प्रस्तुत

Sharing is caring!

असार ५, २०८१ । प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन् ।

जारी बैठकमा सांसदहरू पुष्पबहादुर शाह, डा. अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाएर एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीका छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका हुन् ।

यसैगरी सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तरगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्‘ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे ।

आजको प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा युवा तथा खेलकुद मन्त्रालयको बजेटमाथि छलफल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *