Headlineदेश

अर्थमन्त्री पौडेल बिहीबार संसद्मा आगामी वर्षको बजेट प्रस्तुत गर्ने

Sharing is caring!

जेठ १४, २०८२ । संघीय संसद्को संयुक्त बैठकमार्फत सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गर्ने तयारी गरेको छ। संसद् सचिवालयका अनुसार बिहीबार दिउँसो १:४५ बजेका लागि बैठक आह्वान गरिएको छ।

अर्थमन्त्री विष्णु पौडेलले बैठक सुरु भएपछि दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

यसअघि भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्रीको राजीनामाको माग गर्दै सदन अवरुद्ध गरिरहेका प्रमुख विपक्षी दलहरूले बजेट प्रस्तुतिमा भने अवरोध नगर्ने बताएका छन्।

सरकारले बजेटमार्फत आर्थिक पुनरुत्थान, रोजगारी सिर्जना, पूर्वाधार विकास र सामाजिक सुरक्षा क्षेत्रलाई प्राथमिकतामा राख्ने तयारी गरेको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *