देश

प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त

Sharing is caring!

असोज २०, २०८१ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन्

संवैधानिक परिषद्ले राउतलाई प्रधानन्यायाधीशमा सिफारिश गरेको थियो । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मतले उनको नाम अनुमोदन भएसँगै राष्ट्रपति पौडेलले राउतलाई नियुक्त गरेका हुन् ।

राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राउतलाई प्रधानन्यायाधीशमा नियुक्त गरिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *