देश

मन्त्रिपरिषद्ले पारित गर्‍यो नीति तथा कार्यक्रम

Sharing is caring!

जेठ १, २०८१ । सरकारले संसदमा पेश गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित भएको छ ।

आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राष्ट्रपतिले संददमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको बताएकी हुन् ।

उनले भनिन्, ‘राष्ट्रपतिले संददको संयुक्त बैठकमा प्रस्तुत गर्ने नीति कार्यक्रम मन्त्रिपरिषद्को बैठकले पारित गर्यो ।’

यसको साथै उनले आजको बैठकले आर्थिक वर्षको अगावै १६ औं पञ्चवर्षीय योजना परिमार्जनसहित पारित गर्ने निर्णय पनि गरेको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *