समाचार

प्रतिपक्षको भूमिका तगडाकासाथ निर्वाह गर्नेछौं : सभापति लामिछाने

Sharing is caring!


असार २८, २०८१ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिपक्षको भूमिका तगडाकासाथ निर्वाह गर्नका लागि तयार रहेको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकपछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै उनले ठूलो पार्टीहरु एक ठाउँमा आइसकेपछि प्रतिपक्षमा झन् बढि जिम्मेवारी थपिएको भन्दै इमान्दारिताका साथ प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताए ।

‘ठूला दल मिलेपछि त प्रतिपक्ष अलि तगडा हुनुप¥यो त्यसकारण हामी तयार छौं । अलगअलग भूमिकामा निष्पक्षकासाथ काम गर्ने हो । इमान्दारिताका साथ काम गर्दा जुन सुकै भूमिकामा पनि त्यस्तो कुनै फरक पर्ने कुरा होईन् । प्रतिपक्षमा झन् बढी जिम्मेवारी छ । किनभने ठूलो पार्टीहरु एक ठाउँमा आइसकेपछि अझ बढी जिम्मेवार हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *