फोनेलोनको नयाँ सेवा: अब मोबाइल एपमै ५ लाखसम्मको ऋण लिन सकिने
वैशाख २५, २०८२ । डिजिटल प्रविधिको प्रयोगमार्फत वित्तीय सेवा अझ सहज बनाउँदै फोनेलोनले मोबाइल बैंकिङ एपमार्फत नै ५ लाख रुपैयाँसम्मको ऋण लिन सकिने सेवा सुरु गरेको छ।
अब बैंकमा जानु नपर्ने, कुनै धितो राख्नुपर्ने झन्झट नहुने र कागजात समेत पेश गर्न नपर्ने यो सेवा प्रयोगकर्ताले सिधै आफ्नो मोबाइल बैंकिङ एपमार्फत लिन सक्नेछन्।
फोनेलोनमार्फत ऋण लिने प्रक्रियामा प्रयोगकर्ताले मोबाइल एप खोलेर ‘Foneloan’ विकल्पमा गएर आवश्यक विवरण भरेपछि केही मिनेटमै स्वीकृति प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।
‘Modern Problems, Digital Solutions’ भन्ने नारासहित ल्याइएको यो सेवा हाल विभिन्न बैंकका मोबाइल बैंकिङ एपमा उपलब्ध गराइएको छ। कम्पनीका अनुसार यसले डिजिटल बैंकिङ प्रविधिको पहुँच र प्रभावकारिता बढाउनेछ।
यस सेवाबाट विशेष गरी तत्काल सानो रकमको आवश्यकतामा परेका ग्राहक लाभान्वित हुने अपेक्षा गरिएको छ।

