समाचार

पहिरोले दुईवटा बस त्रिशूलीमा बगायो, ६५ जना यात्रु बेपत्ता

Sharing is caring!


असार २८, २०८१ । चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ ।
शुक्रबार बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमतालमा पहिरोले दुई यात्रु सवार बस बगाउँदा झण्डै पाँच दर्जनबढी यात्रु बेपत्ता भएका छन् ।

भरतपुर महानगरपालिका–२९ सिमलतालनजिक खसेको पहिरोले वीरगञ्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश १५१६ नम्बरको एन्जल डिलक्स बस बगाएको छ । जसमा २४ जना यात्रु सवार थिए ।

त्यस्तै, काठमाडौंबाट रौतहटको गौर जाँदै गरेको गणपति डिलक्सको बस ४१ जना यात्रु रहेको पुष्टि भएको यादवले बताए ।

अहिले प्रमुख जिल्ला अधिकारी यादवसहित करिब ८० जना सुरक्षाकर्मीको टोली उद्धार र खोजीमा जुटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *