देश

आज तीनवटा संसदीय समितिको बैठक बस्दै

Sharing is caring!


साउन १४, २०८१ । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । विकास, आर्थिक मामिला तथा सुशासन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको आर्थिक वर्ष २०८१-०८२ को वार्षिक कार्ययोजनाका विषयमा छलफल हुने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

यस्तै, बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ ।

साथै, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान साढे ११ बजे नै बस्दैछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० मा छलफल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *