देश

चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् छलफलको कार्यसूची

Sharing is caring!

जेठ २८, २०८१ । संघीय संसद्अन्तर्गत प्रतिनिधिस भाको चारवटा संसदीय समितिको बैठक आज बस्दैछ ।प्रतिनिधिसभा अन्र्तगतका उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने गरी डाकिएको छ ।
सार्वजनिक लेखा समितिको बैठक भने बिहान साढे १० बजे बस्ने कार्यसूची छ। तर, बैठकमा के विषयमा छलफल हुने हो भन्ने विषय संसद् सचिवालयले सार्वजनिक गरेको छैन ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा विद्युतीय व्यापार विधेयक २०८० को विषयमा विज्ञसँग छलफल गर्ने कार्यसूची राखिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवस्था, कार्यक्रमको प्रगति र चुनौतीबारे छलफल हुनेछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आजै दिउँसो १ बजे बस्नेछ । बैठकमा सामाजिक समावेशीकरणको वर्तमान अवस्था र आयोगले खेलेको भूमिकाबारे छलफल गर्ने संसद् सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *