Headlineदेशसमाचार

सांसद सिंहको विवादास्पद अभिव्यक्तिपछि संसद् तनाबग्रस्त

Sharing is caring!


असार ८, २०८२ । प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहको अभिव्यक्तिले विवाद निम्त्याएको छ । उनले नेपाललाई ‘लिजमा अर्को देशलाई दिऊँ’ भन्ने आशयको भनाइ राखेपछि सदनमा तीव्र प्रतिवाद र अवरोध देखिएको हो ।

सांसद सिंहको उक्त भनाइप्रति सत्ता पक्ष र विपक्ष दुबैले आपत्ति जनाएका छन् । अभिव्यक्तिलाई राष्ट्रहितविरुद्ध भन्दै केही सांसदहरू उठेर प्रत्यक्ष रुपमा विरोध जनाएका थिए । सभामुख देवराज घिमिरेले बैठकलाई अघि बढाउने प्रयास गरे पनि लगातारको होहल्लाले कार्यसूची प्रभावित भएको हो ।

विवादास्पद भनाइप्रति विभिन्न दलका नेताहरूले औपचारिक प्रतिक्रिया दिने तयारी गरेका छन् । कतिपय सांसदहरूले अमरेश सिंहलाई माफी माग्नुपर्ने मागसमेत गरेका छन् ।

यता, सांसद सिंहले भने आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित रूपमा प्रस्तुत गरिएको दाबी गरेका छन् । उनले भने, “मेरो अभिप्राय देश बेच्न भन्ने होइन, असल शासन र समृद्धिको मोडलबारे चर्चा गर्दै व्यंग्यात्मक रूपमा कुरा राखिएको हो ।”

संसद्मै यस्तो अभिव्यक्तिले राष्ट्रिय अस्मिता र स्वाभिमानमाथि गम्भीर प्रश्न खडा भएको भन्दै सर्वत्र चासो बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *