Headlineदेश

हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ: प्रधानमन्त्री

Sharing is caring!

असार १३, २०८२ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतीक्षा अब अन्त्य हुने संकेत गरेका छन्।

प्रधानमन्त्री ओलीले भनेका छन्, “हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट अब केही दिनमै राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। हुम्लामा सडक सञ्जाल पुर्‍याउने हाम्रो दशकौँ पुरानो सपना पूरा हुँदैछ। यो सडक चलेपछि नेपाल हिल्सा नाकाबाट छिमेकी मित्रराष्ट्र चीनसँग जोडिने छ।”

उनको भनाइ अनुसार सडक सञ्जाल विस्तारको अन्तिम चरणमा पुगेको छ र सिमकोट अब टाढा नरहने सन्देश दिन खोजिएको छ।

यस घोषणाले हिमाली भेगका बासिन्दामा उत्साह भरिएको छ। हुम्ला अझैसम्म आकाशमार्ग र पैदल यातायातमा निर्भर रहँदै आएको थियो। सडक विस्तारसँगै यातायात, व्यापार, पर्यटन र स्थानीय जनजीवनमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ।

यो सडक सञ्जालले केवल हुम्लालाई मात्र होइन, समग्र कर्णाली क्षेत्रलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउने महत्वपूर्ण अवसर प्रदान गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *