Headlineसमाचार

भिजिट भिसा प्रकरणको छानबिन माग, विपक्षी दलले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

Sharing is caring!

असार ९, २०८२ । प्रतिनिधिसभाको आज (सोमबार)को बैठक भिजिट भिसा प्रकरणलाई लिएर फेरि पनि प्रतिपक्षी दलहरूले विरोध गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले उच्चस्तरीय छानबिन समिति गठन तथा गृहमन्त्रीको राजीनामाको माग गर्दै बैठक बहिष्कार गरेका हुन् ।

रास्वपाका सांसद शिव नेपालीले आकस्मिक समयमा बोल्दै भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे संसदमा आवाज उठाउँदा दवाब दिने प्रयास भएको आरोप लगाए। उनले यस विषयमा निष्पक्ष छानबिन गर्न संसदीय छानबिन समिति वा न्यायिक आयोग गठन अपरिहार्य रहेको उल्लेख गरे ।

रास्वपाले यसअघि पनि संसद्को पटक–पटक बैठकमा उस्तै माग राख्दै आएको छ । तर, सरकार पक्षबाट ठोस पहल नभएको भन्दै दुवै दलले बैठकमा सहभागिता जनाउन अस्वीकार गरेका हुन् ।

भिजिट भिसाको दुरुपयोग हुँदै मानव तस्करीजस्ता गम्भीर आपराधिक गतिविधिमा संलग्नहरूको पहिचान र कारबाहीका लागि संसद्ले चासो देखाउनुपर्ने विपक्षी दलहरूको भनाइ छ । संसद्मा उठिरहेको यो मुद्दा अहिले समग्र रूपमा नेपाली समाजमा गम्भीर बहसको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *