Headlineदेश

सरकारको एक वर्ष सन्तोषजनक र प्रभावकारी : एमाले

Sharing is caring!

असार ११, २०८२ । सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकले वर्तमान सरकारको एक वर्षे कार्यकाललाई सन्तोषजनक, सफल र प्रभावकारी ठहर गरेको छ।

बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्पन्न बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा छलफल भएको हो। बैठकमा स्थिरता र सुशासनको लक्ष्यसहित गठन भएको सरकारले मुलुकमा स्थायित्व कायम राख्दै आफ्नो गन्तव्यतर्फ प्रभावकारी रूपमा अघि बढिरहेको निष्कर्ष निकालिएको एमालेले जनाएको छ।

बैठकपछि उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारको सेवा प्रवाह र सुशासनमा अझ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिइएको जानकारी दिए। उनका अनुसार दैलेखमा मिथेन ग्यास उत्खननको प्रारम्भिक प्रतिवेदन सार्वजनिक हुनुजस्ता उपलब्धिहरू सकारात्मक संकेतका रूपमा प्रस्तुत भएका छन्।

ज्ञवालीले सरकारका केही काम उपलब्धिमूलक रहेको निष्कर्ष बैठकले निकालेको जनाउँदै, सुशासन, स्थायित्व र सेवाको गुणस्तरमा अझ सुधारको अपेक्षा गरिएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *