विजनेस

पाँच रुपैयाँका १० लाख नयाँ नोट आजदेखि बजारमा

Sharing is caring!

वैशाख २, २०८२ । नेपाल राष्ट्र बैंकले आज (वैशाख २) देखि पाँच रुपैयाँ दरका १० लाख नयाँ नोट बजारमा ल्याएको छ। साबिककै डिजाइन र रङमा रहेका यी नोटहरू न४५ ०००००१ देखि भ१८ ९९९९९९ सिरिजसम्मका हुने बैंकले जानकारी दिएको छ।

नोटको अगाडिको भागमा बायाँपट्टि सगरमाथाको चित्र र दायाँतर्फ लालिगुराँसको पानी छाप छ। तल्लो किनारामा वि.सं. २०८१ लेखिएको छ भने नोटमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर छ।

पछाडिको भागमा माथिल्लो भागमा “नेपाल राष्ट्र बैंक” लेखिएको छ। बीचमा जंगली चौंरी गाई र हुम्लाको लिमी क्षेत्रको हिमाली दृश्य रहेको छ भने तल्लो भागमा “रुपैयाँ पाँच” र छपाइ मिति उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *