देश

प्रधानमन्त्री ओलीद्वारा उभौली पर्वको शुभकामना

Sharing is caring!

वैशाख २९, २०८२ । किराँत समुदायको प्रमुख चाड उभौली पर्वको अवसरमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सम्पूर्ण नेपाली जनसमुदायमा शुभकामना व्यक्त गरेका छन्।

सोमबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै ओलीले उभौली पर्वले नेपाली समाजमा प्रकृति र मौसमसँगको सहजीवितालाई सम्मान गर्ने अवसर प्रदान गर्ने बताएका छन्। कृषिप्रधान नेपाली समाजमा उभौली पर्वले संस्कार र संस्कृतिको संरक्षणमा योगदान दिने उल्लेख गर्दै उनले प्राकृतिक चक्रप्रति कृतज्ञता प्रकट गर्ने अवसर भएको बताएका छन्।

उनले लेखेका छन्, “कृषिप्रधान नेपाली समाजमा प्रकृति र मौसमसँगको सहजीवितालाई सम्मान गर्ने उभौली पर्वले हामीलाई संस्कार, संस्कृतिको संरक्षण र प्राकृतिक चक्रप्रति कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गर्छ।”

यस पर्वले सबै नेपालीमा आपसी सद्भाव, एकता र समृद्धिको भावना जागृत गरोस् भन्ने कामना पनि उनले गरेका छन्।

किराँत धर्मावलम्बी समुदायले उभौली पर्व हर्षोल्लासका साथ मनाउँदै आएका छन्। यो पर्वले बाली लगाउने मौसम सुरु भएको सूचकका रूपमा लिइन्छ। उभौलीमा विशेष गरी प्रकृतिको पूजा, धामी झाँक्रीको पूजाआजा, सामूहिक भेला, चण्डी नाच, रितुपर्वको रूपमा प्राकृतिक चक्रप्रति आस्था प्रकट गरिन्छ।

यस पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई स्मरण गर्दै देशभर शुभकामना आदानप्रदान गरिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *