प्रधानमन्त्री ओलीले पाए विश्वासको मत
साउन ६, २०८१ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाएका छन् । आइतबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभामा विश्वासको मतका लागि पेश गरेको प्रस्तावको पक्षमा १८८ मत र विपक्षमा ७४ मत खसेको हो ।
प्रतिनिधिसभामा २६३ जना उपस्थित थिए । एक जना सांसदले मत दिन्न भन्ने पक्षमा आफ्नो मत जाहेर गरे । प्रधानमन्त्रीले नेपालको संविधानको धारा १०० को उपधारा (९२०) बमोजिम प्रतिनिधिसभामा विश्वासको मत लिएका हुन् ।
एमाले अध्यक्ष समेत रहेका ओली नेपाली कांग्रेसको सहयोगमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई सरकारमा सहभागी नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिए भने प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्र,रास्वपा,राप्रपा,एकीकृत समाजवादीलगायतले मत दिएनन् ।
ओली चौैथो पटक प्रधानमन्त्री भएका हुन् ।

