देश

विरोध मात्र होइन सरकारलाई सुझाव पनि दिनुहोस : प्रधानमन्त्री ओली

Sharing is caring!


साउन ४, २०८१ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरुले नितान्त विरोध मात्र होइन सरकारका काम कारबाहीका लागि सुझाव दिन पनि आह्वान गरेका छन् ।

शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तयार गरेको सुझाव पत्र सिंहदरबारमा ग्रहण गर्दै उनले सुझावले सरकारलाई काम गर्न मार्गदर्शन हुने भन्दै सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि निर्देशन दिइने बताए ।

उनले भने ‘सुझावका लागि धन्यवाद दिन चाहन्छु । प्राप्त सुझाव सरकारलाई काम अगाडि बढाउन कार्य सम्पादन गर्न उपयोगी हुनेछ । यसरी राजनीति दलहरुले नितान्त विरोध मात्रैले हुँदैन् रचनात्मक ढंगले सुझावहरु दिनु राम्रो कुरा हो ।

सुझावले सरकारलाई काम मार्गदर्शन गर्नेछ । प्राप्त सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीकालागि दिइने छ ।’

उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिवद्ध रहेको पनि बताए ।

एमालेका महासचिव शंकर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *