Headlineदेश

काठमाडौं महानगरमा दुई महिनासम्म सडक र फुटपाथ खन्ने कार्यमा रोक

Sharing is caring!

असार ३, २०८२ । काठमाडौं महानगरपालिकाले आजदेखि दुई महिनासम्म सडक तथा फुटपाथ खन्ने कार्यमा रोक लगाएको छ। असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि नयाँ सडक वा फुटपाथ खन्न स्वीकृति नदिइने महानगरले स्पष्ट पारेको छ।

महानगरको सार्वजनिक निर्माण विभागद्वारा जारी सूचनामा वर्षायाममा सडक खन्नाले सवारी र पैदल यात्रुहरूलाई असहज हुने भएकाले यस्तो निर्णय लिएको उल्लेख गरिएको छ। प्रत्येक वर्ष झैँ यसपटक पनि वर्षा सक्रिय हुने समयलाई लक्षित गरी अस्थायी रूपमा खन्ने कार्य रोकिने निर्णय गरिएको हो।

यद्यपि यसअघि स्वीकृति प्राप्त भई पहिल्यै सुरू भइसकेका कामहरू भने यथावत् रूपमा अघि बढ्न दिने महानगरले जनाएको छ। यसबाट आवागमनमा थप अवरोध नहोस् भन्ने महानगरको उद्देश्य रहेको बुझिएको छ।

महानगरले नागरिकलाई असुविधा हुन नदिन र निर्माण कार्य नियमन गर्न यस्तो प्रतिबन्ध आवश्यक भएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *