विजनेस

नयाँ बजेटले अर्थतन्त्र सबल र उत्थानशील बनाउने अर्थमन्त्री पुनको दाबी

Sharing is caring!

जेठ २३, २०८१ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट राष्ट्रिय गौरवका आयोजना, प्राथमिकता प्राप्त आयोजना तथा स्रोत सुनिश्चत गरिएका आयोजनामा स्रोतको कमी हुने गरी नआएको दाबी गरेका छन् । आज प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै उनले उत्पादन र रोजगारीका अवसर सिर्जना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने अगामी आर्थिक वर्षको बजेट आएको बताए ।

अर्थतन्त्र चलायमान हुँदै गएको, निजी क्षेत्रको मनोबल बढ्दै गएकाले वित्तीय क्षेत्रबाट लगानीयोग्य पुँजी थप परिचालन हुने, भर्खरै सम्पन्न लगानी सम्मेलनमा व्यक्त भएका प्रतिबद्धता बमोजिम थप वैदेशिक लगानी परिचालन हुने पुनको भनाइ थियो ।

त्यस्तै मन्त्री पुनले करका दर हेरफेरका विषयमा समेत संसदमा जवाफ दिएका छन् । आयातमा मात्र मूल्य अभिवृद्धि कर लगाउन जटिल समस्या समस्या भएका कारण आलु, प्याज र स्याउमा भ्याट हटाइएको उनले बताए ।

‘गत वर्ष आलु, प्याज र स्याउ लगायतका तरकारी एवं फलफूलमा मूल्य अभिवृद्धि कर लगाइएकोमा प्रशासनिक हिसाबले आयातमा मात्र मूल्य अभिवृद्धि कर लगाउन जटिल भएको र आन्तरिक उत्पादनमा समेत मूल्य अभिवृद्धि कर लागेकाले आन्तरिक उत्पादनलाई संरक्षण दिन मूल्य अभिवृद्धि कर हटाइ आयातमा अग्रिम आयकर लिने व्यवस्था गरिएको हो,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *