देश

नवनियुक्त प्रधानमन्त्री ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै

Sharing is caring!


असार ३१, २०८१ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेले ओलीलाई आज बिहान ११ बजे शीतल निवासमा प्रधानमन्त्रीको शपथग्रहण गराउने कार्यक्रम रहेको छ ।

एमाले अध्यक्ष रहेका ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम शनिबार प्रधानमन्त्रीमा नियुक्त गरेका थिए ।

प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र एमालेका सांसदहरुको समर्थनमा ओली प्रधानमन्त्री भएका हुन् ।

प्रधानमन्त्री ओलीले आजै कांग्रेस र एमालेका मन्त्रीहरु सामेल गरेर मन्त्रीपरिषद विस्तार गर्ने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *